ताजा समाचार


सेप्टेम्बरमा आइपिएल भए ६ देशका ५३ खेलाडी नखेल्ने

द रियल समाचार     २०७८ बैशाख २९, बुधबार, १६: ३४ मा प्रकाशित




एजेन्सी । कोरोना महामारीका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका बाँकी खेल आगामी सेप्टेम्बरमा खेलाउने तयारीमा रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई थप मुस्किल पर्ने देखिएको छ ।

यो समयमा हुने विभिन्न अन्तर्राष्ट्रिय सिरिजका कारण ६ देशका ५३ खेलाडीले आइपिएल गुमाउने भएका छन् । यसअघि नै इङ्ग्ल्यान्डले आफ्ना खेलाडी आइपिएलका बाँकी खेलमा सहभागी नहुने बताइसकेको थियो ।

अब न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानले पनि आफ्ना खेलाडीले आइपिएल खेल्ने सम्भावना न्यून रहेको बताएका छन् । सेप्टेम्बरमा आइपिएल भए वेस्ट इन्डिजका ९ खेलाडी मात्र उपलव्ध हुनेछन् ।

अस्ट्रेलियाका १७, इङ्ल्यान्डका १४, दक्षिण अफ्रिका ९, न्युजिल्यान्डका ८, अफगानिस्तानका ३ र बंगलादेशका २ खेलाडीले आइपिएल गुमाउने छन् । कोरोनाका कारण २९ खेल सम्पन्न भएपछि यस सिजनको आइपिएल स्थगित भएको थियो । लिगमा अझै ३१ खेल हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top