पर्सा । प्रदेश २ को पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा जेठ ६ गतेसम्म जारी राख्न सिफारिस गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ६ गते राति ६ बजेसम्मका लागि निषेधाज्ञा कायम राख्न सिफारिस गरेको हो । बुधबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले महामारी नियन्त्रणसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ ।
संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञा कोभिड–१९ को संक्रमणको ‘चेन’ तोड्न उपयोगी देखिएकाले जेठ ६ गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने बैठकले निर्णय हो ।
प्रतिक्रिया