ताजा समाचार


कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गर्दै

द रियल समाचार     २०७८ बैशाख २९, बुधबार, १६: १३ मा प्रकाशित




सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषद्मा रहेका २ जनाले राजीनामा दिने र ३ जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली एवं आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरेका छन् ।

त्यस्तै वर्तमान मन्त्रिपरिषद्मा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको स्रोतको भनाइ छ । यद्यपि अहिलेसम्म उनीहरुले राजीनामा दिइसकेका छैनन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।
–अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top