ताजा समाचार


कोरोना संक्रमणबाट एमाले नेता चौलागाईंको निधन

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, २२: ४६ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ।

कोरोना संक्रमित भएपछि उपचाररत रहेका बागमती प्रदेशसभा सदस्य चौलागाईंको मंगलबार निधन भएको हो।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका एमाले नेता चौलागाईंलाई वैशाख २२ गते मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

नेता चौलागाईं  दोलखा ‘ख’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।स्वास्थ्यमा समस्या देखिएपछि गत २० गते पिसिआर परीक्षण गराएका चौलागाईंलाई २१ गते कोरोना पुष्टि भएको थियो।

अस्पताल भर्ना गरिएका उनको अवस्था सामान्य थियो। तर विस्तारै स्वास्थ्यमा समस्या आएपछि गम्भीर बिरामी परेका उनको निधन भएको पुष्टि एमाले नेता सुरेन्द्र पाण्डेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top