ताजा समाचार


ब्राह्मण समाजद्वारा ११०० मास्क वितरण

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, २२: ०५ मा प्रकाशित




जनकपुरधाम । कोरोना महामारी नियन्त्रण तथा रोकथामको प्रयास स्वरुप ब्राह्मण समाज नेपालले मास्क वितरण अभियानलाई जारी राखेको छ ।

महामारी तिब्र रुपमा फैलिएपछि रोकथाम तथा नियन्त्रणको उपायबारे जनमानसमा जानकारी दिँदै समाजले मास्क वितरण अभियान थालेको हो ।

समाजका केन्द्रिय अध्यक्ष कौशलेन्द्र मिश्रको अगुवाइमा मंगलबार रुपैठामा ५५० र घोडघासमा ५५० गरी १ हजार १०० मास्क वितरण गरिएको छ ।

अध्यक्ष मिश्रले भौतिक दुरी कायम गर्दै सरकारले जारी गरेको मापदण्डलाई समेत पालना गर्दै मास्क वितरण गरिएको बताए ।

समाजले २० हजार मास्क वितरण गर्ने लक्ष्य लिएको अध्यक्ष मिश्रले जानकारी दिए । मास्क वितरण कार्यक्रममा अध्यक्ष कौशलेन्द्र मिश्र, सदस्य इन्द्रेश मिश्र, मन्ना झा, ललेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

ब्राह्मण समाजले अघिल्लो वर्ष कोरोनाको समयमा मास्क र जाडोयाममा कम्बल तथा दाउरा समेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top