ताजा समाचार


राम सती देवी असर्फी साह सेवा प्रतिष्ठानद्वारा सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालनमा

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, २१: २१ मा प्रकाशित




जनकपुरधाम । कोरोना महामारीको यस विकट परिस्थितिमा एकातर्फ संक्रमितको संख्या निरन्तर बढिरहेको छ भने अर्कोतर्फ संक्रमितलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको अभाव समेत भईरहेको देखिएको छ ।

एम्बुलेन्सको समस्यालाई मध्यनजर गर्दै जनकपुरधामस्थित राम सती देवी असर्फी साह सेवा प्रतिष्ठानले सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्लामा पहिलो पटक ‘ख’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको प्रतिष्ठानका प्रमुख डाक्टर अजय साहले बताए ।

आइसियु, कार्डियाक, इसिजीलगायत सेवासहित बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको डाक्टर साहले बताए ।

उनले अन्य एम्बुलेन्सभन्दा धेरै सेवा र सुविधा भएको तर महसुलमा भने त्यति धेरै फरक नपर्ने समेत जानकारी दिए । सुविधायुक्त एम्बुलेन्स सञ्चालन भएसगैँ बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको साहले जानकारी दिए।

उनले यस एम्बुलेन्समा अक्सिजन,पेसेन्ट मोनिटर सहितको सुविधा समेत उपलब्ध रहेको बताए । साथै १० दिनभित्र एम्बुलेन्समा भेन्टिलेटर समेत जडान गरी यसलाई ‘क’ वर्गमा रुपान्तरण गरिने डाक्टर साहले दाबी गरे । डाक्टर साहले सेवाका निम्ति यस एम्बुलेन्सका चालक रामपती यादवलाई ९८०१६०९०८९ मा सम्पर्क गर्नसकिने जानकारी दिए ।

यस एम्बुलेन्सले कोभिड संक्रमित बिरामीलाई जनकपुर नगर क्षेत्रभित्रका कुनैपनि अस्पतालसम्म पुर्‍याउन नि:शुल्क सेवा प्रदान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top