ताजा समाचार


सप्तरीका कोरोना संक्रमित एक पुरुषको धरानमा मृत्यु

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १९: ३१ मा प्रकाशित




सप्तरी । सप्तरीका कोरोना संक्रमित एक पुरुषको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर–१ भलुवाका ६१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा आज बिहान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुमा समस्या देखिएपछि वैशाख २७ गतेदेखि घोपा अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेकोमा उनको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै सप्तरीमा हालसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ । पहिलो लहरमा ४२ जनाले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top