ताजा समाचार


अन्तर्राष्ट्रिय हवाई उडानमाथि जेठ १७ सम्म प्रतिबन्ध

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १९: १९ मा प्रकाशित




काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्ब्याएको छ ।

प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यसबारे जानकारी गरएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

भारतसँग सातामा दुई उडान भने निरन्तर रहने प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपालीलाई भने समस्या पर्नेछ ।

नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top