ताजा समाचार


थप ५० हजार भिटिएम र रिएजेन्ट खरिद गर्ने प्रदेश २ सरकारको निर्णय

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १९: १४ मा प्रकाशित




जनकपुरधाम । प्रादेशिक कोरोना भाइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेन्ट खरिद गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको भर्चुअल छलफलको आधारमा आज सम्पन्न पिसिसिएमसीको बैठकले थप भिटिएम र रिएजेन्ट खरिद गर्ने निर्णय गरिएको हो ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि परिक्षणको दायरालाई बढाउन उक्त भिटिएम र रिएजेन्ट खरिद गर्न लागिएको हो ।
बैठकले प्रदेशमा हुनसक्ने अक्सिजनको आभावलाई मध्यनजर गर्दै केन्द्र सरकारसँग तत्काल ४ हजार अक्सिजन सिलिनडर माग्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी होम आइसोलेशनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने निर्णय समेत गरेको छ भने जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top