ताजा समाचार


मंगलबार ९४८३ नयाँ संक्रमित थपिए, ५२२५ जना संक्रमणमुक्त

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १८: ५७ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकैदिन देशभर अहिलेसम्मकै उच्च संक्रमित थपिएका हुन् ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५९६ पिसिआर परीक्षण भएको थियो । त्यस्तै ७२० वटा एन्टिजेन परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये करिब आधालाई कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या नै १ लाख पुग्न लागेको छ । मंगलबारसम्म सक्रिय संक्रमित ९७ हजार ८ जना छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टाभित्र नेपालमा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । मंगलबार निको हुनेसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख १ हजार २ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top