ताजा समाचार


खनाल नर्भिक अस्पतालबाट घर फर्के

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १८: ४८ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पतालबाट घर फर्किएका छन् । वरिष्ठ नेता खनाल कोरोना संक्रमणपछि गत १८ वैशाखमा नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए ।

खनाल गत २६ वैशाखमा संक्रमणमुक्त भएका थिए । उनी स्वस्थ भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डा.जेपी जैसवाल र डा.बी श्रीवास्तव नेतृत्वको टोलीले खनालको उपचार गरेको थियो ।

चिकित्सकको सल्लाहअनुसार खनाल मंगलबार डिस्चार्ज भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top