ताजा समाचार


नेपालमा कोरोना संक्रमणबाट एकै दिन २२५ को मृत्यु

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १८: १० मा प्रकाशित




काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र ज्यान गुमाउनेको संख्या यति धेरै भएको जनाएको छ ।

मन्त्रालयका अनुसार यसरी कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार नेपालमा कोरोनाबाट १३९ जनाले ज्यान गुमाएका थिए ।

मंगलबार यो संख्या दोब्बरले बढेको हो । कोरोनाको दोस्रो लहरको महामारी बढेसँगै अक्सिजन अभावले ज्यान गुमाउने संक्रमित ह्वात्तै बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top