ताजा समाचार


सप्तरीमा ट्रकले ठक्कर दिँदा एक दम्पत्तीको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १६: २१ मा प्रकाशित




सप्तरी । सप्तरीमा सवारी दुर्घटनामा परी एक दम्पत्तीको ज्यान गएको छ । साइकलमा सवार दम्पत्तीलाई ट्रकले ठक्कर दिँदा दुबैजनाको मृत्यु भएको हो ।

पुर्वपश्चिम राजमार्गमा घर नजिकै ना ६ ख ३८६१ नम्बरको ट्रकले ठक्कर दिँदा हनुमाननगर कंकालिनि नगरपालिका–३ पोर्ताहाका साईकल चालक ४५ वर्षीय सत्य नारायण मण्डल र साईकलको पछाडी सवार उनकी ४० वर्षीया पत्नी सुनिता देवी मण्डलको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई बिहान साढे ६ बजे ठक्कर दिँदा दुबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते दुबैजनालाई उपचारका लागि स्थानीय अस्पताल भारदह लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दम्पत्तीको शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा राखिएको र ट्रक तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top