ताजा समाचार


काठमाडौंमा होटल र पार्टी प्यालेसमा हुने बिबाहमा पनि रोक लगाइयो

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १५: ५९ मा प्रकाशित




काठमाण्डौ । कोरोना फैलिएर विस्फोटक रुप लिन थालेपछि काठमाडौंमा स्थानीय प्रशासनले अब होटल र पार्टी प्यालेसमा हुने बिबाहमा पनि रोक लगाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी निषेधाज्ञा १५ दिन थपिएको बताउँदै उपत्यकामा होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको बताएका छन् ।

उनले भने, ‘कोरोनाले भयावह रुप लिएको छ । यस्तो अवस्थामा अब कहीँ पनि भीड राख्नु हुँदैन,अब होटल र पार्टी प्यालेसमा हुने गरेका बिहे पनि रोक्ने निर्णय लिएका छौँ ।’

पराजुलीले अत्यावश्यक सामग्री किन्ने भीड कम गर्न बिहान १० बजेसम्म खाद्यान्न पसल खुला हुनेछन् । यसअघि बिहान ९ बजेसम्म ती पसल खुल्थे । अबदेखि अत्यावश्यकबाहेक सरकारी कार्यालय पनि बन्द हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top