ताजा समाचार


पूर्वराजा शाह संक्रमणमुक्त, कोमलको स्वास्थ्य सुधार हुँदै

द रियल समाचार     २०७८ बैशाख २८, मंगलवार, १५: ५३ मा प्रकाशित




काठमाण्डौ । कोरोना पोजेटिभ भएका पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालका अनुसार रिपोर्ट नेगेटिभ आएपछि उनलाई अक्सिजन सपोर्ट बन्द गरिएको छ । नर्भिकमै उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै गएको छ ।

भारतको हरिद्वारबाट नयाँ दिल्ली हुँदै काठमाडौं आएर पिसिआर परीक्षण गर्दा कोरोना देखिएपछि उनीहरु १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । जसमध्ये कोमलको अवस्था जटिल भएको थियो ।

उनलाई सुरुमा अक्सिजन सपोर्ट दिएर अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । हाल रानी कोमललाई पनि आइसियुबाट वार्डमा जनरल वार्डमा सारिएको छ ।

हाल कोमललाई पनि अक्सिजन सपोर्ट घटाइएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top