ताजा समाचार


जलेश्वरमा पूर्णरुपमा निषेधाज्ञा, घर बाहिर निस्के कारवाही हुने

द रियल समाचार     २०७८ बैशाख २७, सोमबार, १८: ४६ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकामा कोरोना संक्रमणबाट आधा दर्जन व्यक्तिको मृत्यु भएपछि स्थानीय प्रशासनले पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

यसअघि जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार बैशाख २२ देखि ३१ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा लगाइएको थियो ।

जलेश्वर नगरपालिकामा मात्रै आधा दर्जन व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएपछि मंगलबार बिहान ६ बजेदेखि लागुहुने गरि नगरभित्र पूर्णरुपमा निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

जलेश्वर नगरपालिकाको जलेश्वर बजारको मिना बजार तथा आसपासका क्षेत्र, साहुजीपट्टी, महादेव मन्दिर लगायतका स्थानहरुमा पूर्णरुपमा निषेधाज्ञा लगाइएको हो ।

प्रजिअ भट्टराईले यस अवधिमा तोकिएको क्षेत्रमा अनावश्यक रुपमा घर बाहिर कोही निस्के सुरक्षाकर्मीले उनलाई तत्कालै नियन्त्रणमा लिई कारवाही गर्नसक्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top