ताजा समाचार


पछिल्लो २४ घण्टामा ७४ संक्रमितको मृत्यु, सरकारी आंकडमा समावेश नभएका ६५ जना आजै जोडिए

द रियल समाचार     २०७८ बैशाख २७, सोमबार, १७: ५६ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

विभिन्न समयमा कोरोना संक्रमणबाट मृत्यु भएका तर सरकारी आंकडमा समावेश नभएका ६५ जनासमेत जोड्दा मृत्यु हुनेको संख्या १३९ पुगेको छ । यो कोरोनाका कारण एकै दिन सार्वजनिक भएको संख्या सर्वाधिक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ । यसअघि हिजो कोरोना संक्रमण सुरु भएदेखिकै उच्च ८८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top