ताजा समाचार


चितवनमा कोरोनाका कारण एक दिनको फरकमा बाबु–छोराको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २७, सोमबार, १७: ४७ मा प्रकाशित




चितवन । चितवनमा कोरोनाका कारण एक दिनको फरकमा बाबु–छोराको मृत्यु भएको छ । चितवनको रत्ननगरमा ७० वर्षीय बुबा बितेको भोलिपल्ट ३९ वर्षीय छोराको मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–३ शान्तिचोक घर भएका ७० वर्षीय बुबामा निमोनियाको लक्षण देखिएपछि आइतबार बिहान पिसिआर परीक्षणका लागि अस्पताल पुर्याएपछि मृत्यु भएको थियो ।

गत २१ वैशाखमा छोराको पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी २४ वैशाखमा चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top