ताजा समाचार


रौतहटमा कोरोना संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २७, सोमबार, १७: ४१ मा प्रकाशित




रौतहट । रौतहट जिल्लामा ५ दिनको अन्तरालमा कोरोना संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको गढीमाई नगरपालिका–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको ५ दिनपछि उनकी ५६ वर्षीया भाउजुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

थप उपचारका लागि अस्पताल लैजाने क्रममा महिलाको सोमबार बाटोमै मृत्यु भएको हो । उनी गौरस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत थिइन् । मृतक महिलाको श्रीमानमा पनि संक्रमण देखिएको छ । उनको गौर अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी सोमबार दिउँसो गौर–५ का एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ । अस्थायी कोभिड अस्पताल गौरमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सोमबार बिहान मात्रै सोही अस्पतालमा बलरा–३ की ५६ वर्षिया महिलाको पनि मृत्यु भएको थियो । सोमबार एकैदिन तीन संक्रमितको मृत्यु भएसँगै विगत १४ दिनमा रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top