ताजा समाचार


१२ सय रुपैयाँमा पाइने अक्सिमिटर ३ हजार भन्दा बढीमा बेचेको आरोपमा एकजना पक्राउ

द रियल समाचार     २०७८ बैशाख २७, सोमबार, १७: ३० मा प्रकाशित




जनकपुरधाम । अक्सिमिटर कालोबजारी गरेको आरोपमा जनकपुरधामबाट एक औषधि व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिनिता सर्जिकल स्टोरका सञ्चालक भुप नारायण साह रहेको प्रहरीले जनाएको छ ।

१ हजार २ सय रुपैयाँमा पाइने अक्सिमिटर ३ हजार भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साहको पसलबाट २८ थान अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ । उनीमाथि कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top