जनकपुरधाम। अति आवश्यक सेवा दिने सवारी साधनको रुपमा रहेका कारण एम्बुलेन्स खरिदमा सरकारले राजश्व छुट दिएको छ । यसलाई बेच्न र ठेक्कामा लगाउन पाइँदैन । तर, जनकपुरधाममा एम्बुलेन्स बेच्ने र ठेक्कामा दिने प्रबृति मौलाउदै गएपनि सम्बन्धित निकायले अहिलेसम्म कुनै कारवाही गरेको छैन् ।
यहाँका विभिन्न संघसंस्थाहरुले भारतीय दूतावासबाट अनुदान स्वरुप पाएको एम्बुलेन्स व्यक्तिगत मुनाफाका लागि बेच्ने र ठेक्कामा लगाउने गरेको पाइएको छ ।
धनुषामा मात्रै अहिले ७७ वटा एम्बुलेन्सहरु सञ्चालित छन् । जसमध्ये कतिपय संस्थाले भारतीय दूतावासबाट समेत अनूदान स्वरुप पाएका छन् । तर, अहिले ति सबै एम्बुलेन्सहरु कहाँ छन् त्यसको कुनै लेखाजोखा नै छैन् । कोरोना जस्तो महामारीको समयमा पनि धनुषामा ७७ वटा एम्बुलेन्स रहेपनि बढिमा १० वटासम्म मात्र सञ्चालनमा रहेको संयूक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन संघका केन्द्रिय सदस्य महाशंकर ठाकुरले बताए ।
उनले अन्य दिन रंगभूमि मैदानमा च्याउ झैं देखापर्ने एम्बुलेन्सहरु अहिलेको विकट परिस्थितीमा त्यहाँबाट गायव भएको बताए । उनले प्रतिप्रश्न गर्दै भने,‘अहिले कहाँ छन् ति एम्बुलेन्सहरु ? मूनाफा कमाउने उदेश्यका लागि मात्रै सञ्चालन गरेका हुन कि ?’
उनले भने,‘यहाँका अधिकांश संस्थाले एम्बुलेन्सलाई कमाइ खाने भाँडो बनाएका छन् । राजस्व छुट वा सहयोगमा प्राप्त एम्बुलेन्सलाई मासिक १० देखि ३० हजारसम्ममा भाडामा लगाएर रकम असुली गर्ने गरिएको छ । बिक्रीनामा कागज समेत तयार गरेर १० देखि १५ लाख सम्ममा बेचिन्छ ।’
सरोकारवाला निकायको अनुगमन अभावको कारण यस्तो समस्या आउने गरेको उनको दुःखेसो छ । ठाकुरले एमबुलेन्सको नियमन गर्ने निकायहरुको अभाव र अनुगमन नगर्ने प्रवृतिका कारण जनकपुरमा समस्या आएको सुनाए ।
ब्राहबिघा मैदानमा अन्य दिन मेची, कोशी, सगरमाथा र वाग्मती अञ्चल लगायत धनुषा र महोत्तरीको ग्रामिण क्षेत्रका नाममा दर्ता रहेको एम्बुलेन्सहरु पनि भाडामा पाईन्थ्यो । तर, ति सबै अहिले कहाँ छन् त्यसको कुनै जानकारी कसैसँग छैन् ।
राजश्व छुट र अनुदान सहयोगमा प्राप्त एम्बुलेन्स तोकिएको ठाँउ भन्दा बाहिर चलाउन नपाईने नियम रहेपनि कुनै वास्ता गरिएको छैन् । विगतमा स्थानिय रंगभुमिमा स्टेशन गरेर राखिएको एमबुलेन्सबाट चिकित्सकलाई कमिसन दिएर बिरामी समेत पुर्याउने गरिएको थियो ।
राजश्व छुटमा वा दातृ निकायको सहयोगमा एम्बुलेन्स लिने र त्यसलाई ठेक्कामा चलाउने र बेच्ने प्रबृति पनि बढेकोे छ । नेपाल भारतको सहयोगमा २२ वटा र राजश्व छुट सहित जम्मा ७७ वटा एम्बुलेन्स धनुषामा सञ्चालित छन । जसमध्ये मापदण्ड बिपरित ११ वटा ठेक्कामा लगाईएको छ भने ६ वटा गैर कानुनी रुपमा बेचिएको एम्बुलेन्स चालकहरुको आरोप छ ।
बिरामी बोक्ने एम्बुलेन्सको नियमित मेकानिकल परीक्षण र एम्बुलेन्स सञ्चालन समितिमा मासिक प्रतिवेदन बुझाउनुका साथै बिरामीका आफन्तलाई भाडा वापतको रसिद अनिर्वाय दिनुपर्ने प्राबधान छ । तर, एम्बुलेन्सका सञ्चालक र चालकहरुले नियम कानुनको मजाक बनाउदै आएपनि स्थानिय प्रसाशनले कुनै कारबाही गरेको छैन । अधिकांश एम्बुलेन्स भित्र प्राथमिक उपचारको बाकस, अक्सिजन सिलिन्डर, स्लाइन स्टयान्ड जस्ता उपकरणहरुको समेत अभाब छ । प्राथमिक उपचार सम्बन्धी अनुभबी र गाडि चलाउन कम्तीमा पाँच वर्षको दक्षता भएकाहरुलाई मात्र एम्बुलेन्स चालकमा नियुक्त गर्न पाईने मापदण्डको पनि कुनै ख्याल गरिएको छैन् ।
नारायणीको ज्योति नेपाल नामको संस्थाबाट सञ्चालित ना २ च ८९३१, सगरमाथाको कमलामाई पोलिक्लिनिकबाट सञ्चालित स १ च ६५७, मेचिको रामदयाल संस्थाको मे १ च २०८० र मेचीकै गोठ गाउँको देव पोलिक्लिनिकबाट सञ्चालित मे १ च ३५०, ललितपुर उपमहानगरपालिका जावलाखेलको बा २ च ८७६६, नारायणी अञ्चलको समाज विकास संस्थान नेपालको ना २ च ६७२, पहरी समाज चन्द्रनिगाहपुरको ना २ च ८८५५ नम्बरको एम्बुलेन्स पनि जनकपुरमै सञ्चालित छन् । तर, अहिले महामारीको समयमासेवा दिनुपर्नेमा ति मध्ये एउटा पनि जनकपुरमा छैनन् ।
कहाँ कहाँ छन् एम्बुलेन्सहरु ?
नेपाल रेडक्रस सोसाइटीको नाममा ज.१ च ११७४, ज.१ च १६०१, ज.१ च ५७४, ज.१ च ११२३, ज.१ च ७२१ र ज.१ च १९३८ गरि ६ वटा, शहिदनगर नगरपालिकामा ज.१ च ६९९९ नम्बरको एउटा, जनकपुर प्रादेशिक अस्पतालमा ज.१ झ ३८६ र ना.१ झ १५९६ नम्बरको दुईवटा, गणेशमान चारनाथ नगरपालिकास्थित स्वास्थ्य चौकी गोदारमा ज.१ झ ३८७ नम्बरको एउटा, गोदारस्थित गुरास युवा समूहको नाममा ज.१ च ६५६ नम्बरको एउटा, गणेशमान चारनाथ नगरपालिकाको छिहत्तरविगहास्थित सृजनसिश युवा परिवारको नाममा ज.१ च १४६८ नम्बरको एउटा, बिरेन्द्रबजारस्थित नेशनल पोलिक्लिनीकको नाममा ज.१ च ११९५ नम्बरको एउटा, धनुषाधाम नगरपालिकाको भिमान मुलावस्थित श्रीमद्भागवत प्रचार संघको नाममा ज.१ च १२३७ नम्बरको एउटा, स्वास्थ्यचौकी ढल्केबरको नाममा ज.१ झ ३९० नम्बरको एउटा, ढल्केबरस्थित शिवगुरु बहुउदेश्य सहकारीको नाममा ज.१ च १७१५ नम्बरको एउटा, ढल्केबरस्थित रामलक्ष्मण सेवा समितिको नाममा नम्बर खुल्न नसकेको एउटा, लालगढ अस्पतालको नाममा ना.२ च २२५८ नम्बरको एउटा, नक्टाझिजस्थित हिमालय युवा क्लबको नाममा ज.१ च ६४५ नम्बरको एउटा, बटेश्वर गाउँपालिकास्थित मानव कल्याणको नाममा ज.१ च १७२० नम्बरको एउटा, बटेश्वरस्थित स.से. कृषि संस्थाको नाममा ज.१ च १६२० नम्बरको एउटा, महेन्द्रनगरस्थित समाज कल्याण तथा केन्द्रको नाममा ज.१ च ७८० नम्बरको एउटा, महेन्द्रनगरस्थित सुशिला ठाकुर मेमोरियल फाउण्डेशनको नाममा ज.१ च १७७१ नम्बरको एउटा, रमदैयास्थित जानकी मेडिकल कलेजको नाममा ज.१ च १९४५ र ज.१ च ५१० नम्बरको दुईवटा, सपहीस्थित रामशरण मेमोरियल प्रतिष्ठानको नाममा ज.१ च ९३४ नम्बरको एउटा, धनुषाधाम–३ स्थित राजाराम पोलिक्लिनीकको नाममा ज.१ च १५५२ नम्बरको एउटा, धनुषाधाम–३ स्थित दनुवार जागरण समितिको नाममा ज.१ च १२०५ नम्बरको एउटा, धनुषाधाम–३ स्थित पोपुलर हस्पिटलको नाममा ज.१ च १०४ नम्बरको एउटा, इलाका स्वास्थ्य चौकी सबैलाको नाममा ज.१ झ ४०१ नम्बरको एउटा, स्वास्थ्य चौकी रघुनाथपुरको नाममा ज.१ झ ४०२ नम्बरको एउटा, जनकपुरधाम उपमहानगरपालिकाको नाममा ज.१ च ४०२, ज.१ च ४०४ र ज.१ च ४१७ नम्बरको ३ वटा, जनकपुरधाम–११ स्थित सहिद स्मृति प्रतिष्ठानको नाममा ज.१ च ७३२ नम्बरको एउटा, जनकपुरधाम–९ स्थित केयर मेडिकल सेन्टरको नाममा ज.१ च ४३४ र ज.१ च ४७३ नम्बरको दुईवटा, जचुकालीको नाममा ज.१ ज्ञ १३८ नम्बरको एउटा, जनकपुरधाम–२ स्थित नेपाल मुस्लिम समाज धनुषाको नाममा ज.१ च ७८६ नम्बरको एउटा, धनुषा अस्पताल प्रालिको नाममा बा.७ च २३९० र ज.१ च ४६४ नम्बरको दुईवटा, जनकपुर सिटी हस्पिटल प्रालिको नाममा ज.१ च १५१६ नम्बरको एउटा, जनकपुरधाम–९ स्थित सरोज कोइराला फाउण्डेशनको नाममा नम्बर खुल्न नसकेको एउटा, झटियाही–९ स्थित बजरंग क्लबको नाममा ज.१ च ७०० नम्बरको एउटा, जनकपुरधाम–६ स्थित मारवाडी सेवा समितिको नाममा ज.१ च ३९१ नम्बरको एउटा, जनकपुरधाम–६ स्थित थारु कल्याण समाजको नाममा ज.१ च १००० नम्बरको एउटा, जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलको नाममा ज.१ च १०८४ र ज.१ च १२०४ नम्बरको दुईवटा, महावीर युवा कमिटिको नाममा ज.१ च ४६९ नम्बरको एउटा, नव मिथिला युवा कमिटिको नाममा ज.१ च १६०० नम्बरको एउटा, जनकपुरधाम–८ स्थित जनकपुर ट्रमा सेन्टरको नाममा ज.१ च १५५५ नम्बरको एउटा, जनकपुरधाम–४ स्थित ग्रामिण विकास समाजको नाममा ज.१ च १२८७ नम्बरको एउटा, जनकपुरधामस्थित समाज विकास संस्थानको नाममा ज.१ च १००८ नम्बरको एउटा, विदेह नगरपालिकास्थित राजिव झा प्रमुख रहेको संस्था मिथिला स्वास्थ्य सहकारीको नाममा ज.१ च १११६, ज.१ च १७१६ र ज.१ च १११६ नम्बरको ३ वटा, नगराइन नगरपालिकास्थित स्वास्थ्य चौकी घोडघासको नाममा ज. १ झ ४१६ र ज.१ च ४०७ नम्बरको दुईवटा, इलाका स्वास्थ्य चौकी फुलगामाको नाममा नम्बर खुल्न नसकेको एउटा, मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित स्वास्थ्य चौकी बहेराबेलाको नाममा ज.१ च ३९२ नम्बरको एउटा, जनकपुरधाम–९ स्थित मिथिला महिला प्रतिष्ठानको नाममा ज.१ च १९६५ नम्बरको एउटा, जनकपुरधाम–४ स्थित श्री विश्वकर्मा युवा कमिटिको नाममा ज.१ च १६९५ नम्बरको एउटा, नेपाल शिक्षक संघ धनुषाको नाममा ज.१ च १२२७ नम्बरको एउटा, जनकपुरधाम–१ स्थित राष्ट्रिय जनकल्याण विकास केन्द्रको नाममा ज.१ च १९२३ नम्बरको एउटा, जनकपुरधाम–१ स्थित माँ धनुषा समाज सेवा समिति नेपालको नाममा ज.१ च १९५५ नम्बरको एउटा, औरही गाउँपालिकास्थित समाज विकास सेवा केन्द्रको नाममा ज.१ च १८८७ नम्बरको एउटा, जनकपुरधाम–४ स्थित श्री नव मिथिला युवा कमिटिको नाममा ज.१ च १६०० नम्बरको एउटा, नगराइन नगरपालिका–१ देवडिहास्थित माँ सहयोगी नेपालको नाममा ज.१ च १२१३ नम्बरको एउटा, हंसपुर नगरपालिकास्थित स्व.बौआबती रामदयाल स्मृति प्रतिष्ठानको नाममा नम्बर खुल्न नसकेको एउटा, सुरेन्द्र भण्डारी प्रमुख रहेका जनकपुरधाम–४ स्थित श्री मिथिला युवा समाज नेपालको नाममा ज.१ च ७७७ नम्बरको एउटा, जनकपुरधाम–४ स्थित सहिद स्मृति समाज विकास प्रतिष्ठानको नाममा ज.१ च १४०९ नम्बरको एउटा, जनकपुरधाम–८ स्थित कालिका कृषि सहकारी संस्थाको नाममा ज.१ च १७०८ नम्बरको एउटा, जनकपुरधाम–८ स्थित मिथिलाञ्चल विकास केन्द्रको नाममा ज.१ च १४७४ नम्बरको एउटा, गणेश युवा कमिटिको नाममा ज.१ च ६३८ नम्बरको एउटा, रामानन्द युवा क्लबको नाममा ज.१ च ६३७ नम्बरको एउटा, जनकपुरधाम–२१ कुर्थास्थित महासेठ सेवा समितिको नाममा ज.१ च १९५९ नम्बरको एउटा र जनकपुरधाम–७ स्थित डाक्टर जामुन प्रसाद सिंहले सञ्चालन गरेको बाल अस्पतालको नाममा प्रदेश २ ०२००१ च ०० नम्बरको एउटा गरी धनुषा जिल्लाभरि कुल ७७ वटा एम्बुलेन्स रहेका छन् ।
जिल्लामा रहेका थोरै एम्बुलेन्सले इमानदारीपूर्वक सेवा दिइरहेको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश सिंहले बताए । उनले अधिकांशले नाफा कमाउने उदेश्यले ठेक्कामा लगाएको हुनसक्ने समेत आशंका व्यक्त गरेका छन् ।
–फरकधार
प्रतिक्रिया