ताजा समाचार


कोभिड अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २६, आईतवार, १८: ३६ मा प्रकाशित




जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र २ पुरुष रहेका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोभिड अस्पतालमा भर्ना भएकी जनकपुरधाम–२३ लादोबेलाकी ४२ वर्षीया एक महिला, जनकपुरधामकै ६५ वर्षीय एक पुरुष र वीरगंजका ४५ वर्षीय एक पुरुष गरी ३ जनाको उपाचारको क्रममा मृत्यु भएको प्रादेशिक कोभिड अस्पतालका प्रवक्ता मनिष पाण्डेयले जानकारी दिए ।

महिलालाई भर्ना भएदेखि नै भेन्टिलेटरको आवश्यकता भएपनि भेन्टिलेर बिग्रेका कारण उनलाई २ दिनपछि मात्रै भेन्टिलेटरमा राखिएको थियो ।

त्यस्तै, जनकपुरधामका पुरुषलाई भेन्टिलेरमा राख्नेवित्तिकै मृत्यु भएको छ भने वीरगंजका पुरुषको अक्सिजन लगाएर उपचार जारी रहेको क्रममा मृत्यु भएको डा.पाण्डेयले बताए ।

कोभिड अस्पताल जनकपुरमा अहिले ३२ जना संक्रमितको उपचार भइरहेको छ । पाइपलाईनबाट अक्सिजन दिन सक्ने गरी कोभिड अस्पतालले ४१ वटा बेड तयारी अवस्थामा राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top