ताजा समाचार


भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४६ हजार मानिस संक्रमणमुक्त

द रियल समाचार     २०७८ बैशाख २६, आईतवार, १७: ३६ मा प्रकाशित




एजेन्सी । कोरोना संक्रमणको दर बढिरहेको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४६ हजार मानिस संक्रमणमुक्त भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित हुनेहरुको संख्या ४ लाख ४ हजार पुगेको छ । भारतमा ४ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएको यो चौथो दिन हो ।

भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कुल संख्या २ करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमितमध्ये हालसम्म १ करोड ८३ लाख १७ हजार संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

यो सहित भारतमा हालसम्म २ लाख ४२ हजार ३६२ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top