ताजा समाचार


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

द रियल समाचार     २०७८ बैशाख २६, आईतवार, १७: ३२ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा भोलि अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची तय भइसकेको अवस्थामा उनको राजीनामा आएको हो ।

गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीता कुमारी पौडेलले आजै स्वीकृत गरिदिएकी छन् । पोखरामा आइतवारै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

फागुन २३ मा नेकपा खारेज भएर साविकका एमाले र माओवादी ब्यूँतिएपछि प्रदेश सरकारमा संकट बढेको छ । एमाले र माओवादी छुट्टिएपछि एक अर्काको सरकार ढाल्ने अभियान चलिरहेका बेला गुरुङको राजीनामा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top