ताजा समाचार


न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपतिको जोड

द रियल समाचार     २०७८ बैशाख २६, आईतवार, १४: ५९ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् ।

कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

आइतबार अपराह्न ट्वीट गर्दै राष्ट्रपति भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top