ताजा समाचार


संसदीय दलको नेता बन्न महतोले सुरु गरे हस्ताक्षर संकलन

द रियल समाचार     २०७८ बैशाख २६, आईतवार, १४: ३१ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संसदीय दलको नेता बन्नका लागि हस्ताक्षर संकलन सुरु गरेका छन् । नेता महतोले पार्टीको दलको नेता बन्नका लागि सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

महतो आइतबारदेखि जसपा संसदीय दलको नेता बन्ने अभियानमा लागेका हुन् । जसका लागि उनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् ।

महतोलाई संसदीय दलको नेता बनाउन अध्यक्ष महन्थ ठाकुर तयार भएपनि महतोले हस्ताक्षर संकलन सुरु गरेका हुन् । महतोको पक्षमा ठाकुरले हस्ताक्षर गरेर अभियान सुरु भएको जसपा स्रोतको भनाइ छ ।

महतोले अहिलेसम्म ६ जनाको हस्ताक्षर लिइसकेको र बाँकी सांसदको पनि लिने क्रममा रहेको स्रोतको भनाइ छ । पार्टी एकीकरण भएको एक वर्ष पूरा भएपनि जसपाले अहिलेसम्म केन्द्रमा संसदीय दलको नेता छान्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top