ताजा समाचार


दातासँग खाना मागेको विषयमा मुख्यमन्त्रीले मेसुसँग सोधे स्पष्टीकरण

द रियल समाचार     २०७८ बैशाख २६, आईतवार, १३: ५६ मा प्रकाशित




जनकपुरधाम । कोभिड संक्रमितका लागि दातासँग खाना मागेको विषयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरधामका मेसुसँग स्पष्टीकरण सोधका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवलाई आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री राउतले स्पष्टीकरण सोधेका हुन् ।

अस्पतालले संक्रमितलाई खाना खुवाइदिन मारवाडी युवा मञ्चलाई लेखेको पत्र शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रदेश सरकारको चौतर्फी आलोचना सुरु भएको थियो ।

मुख्यमन्त्री राउतले प्रादेशिक अस्पतालले कुन आधारमा मारवाडी युवा मञ्चसँग संक्रमितहरुको खानाका लागि सहयोग मागेको विषयमा मेसु यादवसँग स्पष्टीकरण मागेका थिए ।

जवाफमा मेसु यादवले मारवाडी युवा मञ्चले अस्पतालमा उपचाररत कोभिडको विरामी तथा कुरुवाहरुलाई खाना वितरण गर्ने भनि पत्र लेखेको र सोहि आधारमा आफुले पत्र लेखेको जानकारी दिए ।

अस्पतालमा विरामीहरुको खानाको शिर्षकमा अझै १५ लाख रुपैयाँ बाँकी रहेको र आवश्यक परे थप रकम समेत उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top