ताजा समाचार


बीना मगरसहित २६ सांसद कोरोना संक्रमित

द रियल समाचार     २०७८ बैशाख २५, शनिबार, १८: ०० मा प्रकाशित




काठमाण्डौ । प्रतिनिधिसभा सदस्यसमेत रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीना मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वैशाख २७ गते हुन लागेको विशेष अधिवेशनको तयारीका लागि संसद सचिवालयले गरेको पिसिआर परीक्षणका क्रममा बीनालाई कोरोना पुष्टि भएको हो । बीनासहित प्रतिनिधिसभा र राष्ट्रियसभाका २६ जना सांसदलाई कोरोना देखिएको छ ।

संसद सचिवालयका अनुसार कोरोना देखिएका सांसदहरुमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, मायादेवी न्यौपाने, पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लालबाबु पण्डित, लक्ष्मणलाल कर्ण रहेका छन् ।

त्यस्तै नरमाया ढकाल, महेश बस्नेत, रामबाबु यादव, गोपालबहादुर बम, नमिता कुमारी चौधरी, शान्ति माया तामाङ, बीना कुमारी श्रेष्ठ, रेणुका गुरुङ, जुलीकुमारी महतो, रघुवीर महासेठ, किसान श्रेष्ठ र सुरेश कुमार राई पनि संक्रमित छन्।

त्यस्तै पुष्पा कुमारी कर्ण कायस्थ, भानुभक्त ढकाल, बीना मगर, भरतकुमार शाह, प्रमोद शाह र दीपकप्रकाश भट्टमा समेत कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top