सिरहा । सिरहामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–५ बस्ने ६५ वर्षीया पुरुष रहेका छन् । उनको बिराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको हो ।
उनलाई वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियोे । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्रतिक्रिया