सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर–१० चन्द्रपुरका शुभाष बराईलीका ११ वर्षीय छोरा सुमन बराईली रहेका छन् ।
टिभी चलाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
घरभित्र टिभीको ज्याक जोड्न जाँदा करेन्ट लागेर घाइते भएका सुमनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया