ताजा समाचार


भारतमा ४ लाख बढी संक्रमित थपिए

द रियल समाचार     २०७८ बैशाख २५, शनिबार, १६: ०९ मा प्रकाशित




एजेन्सी । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको नयाँ रेकर्ड बनेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १९१ जनाले ज्यान गुमाएको भारतीय मिडियाले जनाएका छन् । भारतमा एकैदिन कोरोनाबाट मृत्यु हुने यो संख्या अहिलेसम्मकै धेरैे हो ।

भारतभर २४ घण्टामा ४ लाख १ हजार २८८ संक्रमित थपिएका छन् । पछिल्ला तीन दिनमा लगातार ४ लाख भन्दा धेरै संक्रमित थपिएका छन् । यस अवधिमा कोरोना मुक्त हुनेको संख्या ३ लाख १९ हजार ४६९ छ ।

अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या २ करोड १८ लाख भन्दा धेरै पुगेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top