जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको चौथो दिन शुक्रबार जनकपुरधाम सुनसान देखिएको छ ।
कोरोना संक्रमणको दोस्रो भेरियन्ट तीव्रगतिमा फैलिदै गएपछि स्थानीय प्रशासनले मंगलबारदेखि लागु हुने गरी धनुषामा वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञाको आदेशपछि जनकपुरधाममा सवारी साधन तथा मानिसको आवागमन समेत ठप्प भएको छ । त्यस्तै जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर लगायतका प्रसिद्ध मन्दिरहरु समेत सुनसान देखिएका छन् ।
जानकी मन्दिरको मुख्यद्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । पछिल्लो केही दिनयता जनकपुरधामसहित यस क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ ।
प्रतिक्रिया