ताजा समाचार


थप ९१९६ जनामा संक्रमण पुष्टि, ५० को मृत्यु, २९०५ जना संक्रमणमुक्त

द रियल समाचार     २०७८ बैशाख २४, शुक्रबार, १७: २५ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९ हजार २३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top