ताजा समाचार


कुख्यात अपराधी छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु

द रियल समाचार     २०७८ बैशाख २४, शुक्रबार, १७: १४ मा प्रकाशित




एजेन्सी । कुख्यात अपराधी छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उच्च सुरक्षा भएको तिहाडको जेलमा उनलाई कोरोना संक्रमण भएको थियो ।

पहिला उनलाई जेलकै अस्पतालमा उपचार गरिएको थियो । तर, पछि स्वास्थ्यमा सुधार नआएपछि २६ मार्चमा एम्स अस्पताल लगिएको थियो । एम्समै उपचाररत राजनको शुक्रबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । २७ वर्ष फरार रहेका राजनलाई सन् २०१५ को नोभेम्बरमा इन्डोनेसियाबाट भारतमा ल्याइएको थियो ।

छोटा राजनको वास्तविक नाम राजेन्द्र सदाशिव निखलजे थियो । मुम्बइमा जन्मिएका उनी विद्यालय छाडेपछि ब्ल्याकमा टिकट बेच्न थाले । यसै क्रममा उनी नायर ग्यांगमा मिसिए । अन्डरवल्र्डको दुनियाँमा नायरलाई ठुलो राजनको रूपमा लिने गरिन्छ ।

समयसँगै छोटा राजन र बडा राजनको सम्बन्ध मजबुत हुँदै गयो । ठुलो राजनको मृत्युपछि छोटा राजन ग्यांगको सर्वेसर्वा बने । छोटा राजन फरार हुँदा उनको नाममा भारतमा ६५ भन्दा धेरै केस दर्ता भएका थिए । उनीमाथि २० भन्दा धेरै मानिस मारेको आरोप पनि लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top