ताजा समाचार


नेपाली काँग्रेस रुपन्देहीले आइसोलेसनका लागि पार्टी कार्यालय उपलब्ध गराउने

द रियल समाचार     २०७८ बैशाख २४, शुक्रबार, १७: ०१ मा प्रकाशित




जनकपुरधाम । नेपाली काँग्रेस रुपन्देहीले पार्टी कार्यालय कोभिड आइसोलेसनका लागि उपलब्ध गराउने भएको छ ।

भैरहवाको भीम अस्पताल नजिकै रहेको आफ्नो पार्टी कार्यालयलाई कोभिड बिरामी राख्नका लागि आइसोलेसन बनाउने दिने निर्णय रुपन्देही कांग्रेसले गरेको हो ।

रुपन्देही कांग्रेसले भैरहवामा रहेको पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरेको हो । दुई वटा हल, एघार कोठा र कम्पाउन्डसहित रहेको दुइ तले कम्पाउन्ड भवनमा आइसोलेसन बनाउन कांग्रेस तयार भएको कांग्रेस रुपन्देहीका सभापति अब्दुर रज्जाकले बताए ।

स्थानीय तह, प्रदेश सरकार, सरकार, केन्द्र सरकार अन्य कुनै गैर नाफामुखी संस्थाले लिन चाहेमा तत्काल उपलब्ध गराइने रज्जाकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top