ताजा समाचार


दार्चुलाका प्रमुख जिल्ला अधिकारीले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने

द रियल समाचार     २०७८ बैशाख २४, शुक्रबार, १६: ५७ मा प्रकाशित




कैलाली । कोरोना संक्रमणको दोस्रो लहरले आम नागरिकलाई त्रसित बनाईरहेको समयमा एक प्रमुख जिल्ला अधिकारीले आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।

कोभिड–१९ को महामारीको समयमा अन्य बिरामीहरुलाई अन्यत्र जान समस्या भएकाले कोभिड बाहेकका बिरामीहरुको प्रयोगका लागि गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने उनले जानकारी दिएका छन् ।

कोरोना बाहेकका बिरामीहरुलाई अहिले एम्बुलेन्सको समस्या हुँदा आफूले चढ्ने गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने घोषणा गरेको उनले बताए ।

उनले भने,‘अब जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाइरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने सकिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top