ताजा समाचार


जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

द रियल समाचार     २०७८ बैशाख २४, शुक्रबार, १६: ५२ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् ।

आफूहरुको माग पूरा नगरेको भन्दै अध्यक्ष ठाकुरले जनता समाजवादी पार्टीले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई हामी विश्वासको मत दिँदैनौँ । उहाँले हाम्रा कुनै माग पूरा नै गर्नु भएन, त्यहीकारण जसपाले वैशाख २७ गते प्रधानमन्त्रीको विश्वासको मतका क्रममा न्यूट्रल बस्ने निर्णय लिएको छ ।’

उनले आफूहरु पक्ष विपक्ष कतै नउभिने बताए । ’प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्नु भएन, अब हामी संसदमा हामी न्यूट्रल बस्छौँ’, उनले भने, ’हाम्रा कुनै माग नै सम्बोधन नभएको अवस्थामा हामीले सहयोग गर्ने कुरै आउँदैन ।

तर महन्थकै आग्रहमा सरकारले मधेस आन्दोलनका क्रममा विभिन्न १५ वटा मुद्दा खेपिरहेका १२० जनालाई सफाइ दिने निर्णय लिएको थियो । ओलीले मन्त्रिपरिषदमार्फत ती मुद्दा फिर्ता लिएका थिए ।

ठाकुरले नागरिकसम्बन्धी कानुन, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, मधेस आन्दोलनमा मुद्दा खेपिरहेकाहरुलाई रिहा र जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गरेका थिए । ओलीले पहिलो चरणमा मुद्दा फिर्ता गरिदिएका थिए ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top