ताजा समाचार


बाँकेमा थप ८ कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २४, शुक्रबार, १६: ३६ मा प्रकाशित




बाँके । बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगन्जका ६ जना तथा बर्दिया र कैलालीका एक/एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः३० बजे, वडा नम्बर–१८ का ५६ वर्षीया महिलाको राति २ बजे, वडा नम्बर–३ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ३ बजे, वडा नम्बर–१२ का ६० वर्षीया महिलाको बिहान ३.३० बजे भेरीमा, वडा नम्बर–१० का ५४ वर्षीया महिलाको बिहान ६ बजे, वडा नम्बर–६ का ५४ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगन्जमा बिहान ६.५० बजे मृत्यु भएको छ ।

त्यस्तै बर्दिया बारबर्दियाका ४७ वर्षीय पुरुषको र कैलाली टीकापुरका ४८ वर्षीया महिलाको राति ११ः३० बजे भेरी अस्पतालमै मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top