जनकपुरधाम। प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा अहिराजले लोकप्रिय बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले गायक प्रधानलाई श्रद्धाञ्जली दिँदै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
प्रदेश प्रमुख झाले नेपाली गीतसंगीतको क्षेत्रमा स्वर्गीय प्रधानको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
बिहीबार एक शोक सन्देश जारी गर्दै उनले भनेका छन्,’नेपालका लोकप्रिय बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भएको असामयिक निधनले अत्यन्त मर्माहित एवं दुःखित तुल्याएको छ । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
प्रतिक्रिया