ताजा समाचार


न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी १६१ जना कोरोना संक्रमित

द रियल समाचार     २०७८ बैशाख २३, बिहीबार, १८: २२ मा प्रकाशित




काठमाण्डौ । न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी १६१ जना कोरोना संक्रमित भएका छन् ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको जानकारी दिए ।

यसअघि नै सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरिसकेको छ ।

अदालतले सो अवधिमा बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित रिट निवेदनबाहेक अरु सुनुवाइ नगर्ने निर्णय गरेको हो । अदालतले कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा र रिट निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top