ताजा समाचार


मोरङमा भोलीदेखि निषेधाज्ञा

द रियल समाचार     २०७८ बैशाख २३, बिहीबार, १७: ४७ मा प्रकाशित




विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिदेखि लागु हुनेगरी जिल्लाभर निषेधाज्ञा लागू गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो ।

जिल्लामा सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए । मोरङसँग सीमा जोडिएका झापा र सुनसरीले यसअघि नै निषेधाज्ञा जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top