ताजा समाचार


नेपाल सुपर लिग अन्तर्गतको पहिलो खेलमा ललितपुर सिटी एफसीको जित

द रियल समाचार     २०७८ बैशाख २३, बिहीबार, १७: १५ मा प्रकाशित




काठमाण्डौ । नेपाल सुपर लिग अन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर सिटी एफसीले जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि १–० को कठिन जित हात पारेको हो ।
खेलको पाँचौँ मिनेटमा नुर्लान जाहिदले गरेको एक मात्र गोल ललितपुरलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

कमल श्रेष्ठको कर्नरमा डिबक्सभित्र निरज बस्नेतको बाइसाइकल किकमा कप्तान अञ्जन विष्टले हेडमर्फत उपलब्ध गराएको बललाई नुर्लानले गोलमा परिणत गरेका हुन् ।

पहिलो जित निकालेको ललितपुर ५ खेलबाट ६ अंक जोड्दै चोथो स्थानमा उक्लिँदा बुटवल समान खेलबाट ५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top