ताजा समाचार


राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारले सम्पत्ति विवरण पेश गर्नुपर्ने

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १९: १८ मा प्रकाशित




काठमाण्डौ । वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले सम्पत्ति विवरण पेश गर्नुपर्ने छ । निर्वाचन आयोगले वाग्मती प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन गर्दैछ ।

वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि रिक्त भएको ती पदमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले बनाएको राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशका २०७६ अनुसार यो उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले आफ्नो घर संख्या, घर रहेको स्थान, जग्गाको विवरण, कित्ता नम्बर र क्षेत्रफल खुलाउनुपर्नेछ ।

त्यस्तै उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नुपर्नेछ । उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए राजीनामा दिनुपर्छ ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएको भए भए नाम फिर्ता लिनुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top