ताजा समाचार


लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १९: १४ मा प्रकाशित




सुर्खेत । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि पदमुक्त भएका थिए । उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय भने दाङको घोराहीमा रहेको प्रदेश निर्वाचन कार्यालयलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top