ताजा समाचार


अक्सिजन लेभल घटेपछि वरिष्ठ कलाकार श्रेष्ठ पुनः अस्पताल भर्ना

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १८: ४० मा प्रकाशित




काठमाण्डौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजनको लेभल घटेपछि उनी अस्पतालमा भर्ना भएका हुन् ।

उनी वैशाख ६ गते कोरोना संक्रमित भएका थिए । होम आइसोलेसनमा बसिरहेका बेला छातीमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो । हस्पिटलमा ८ दिनको बसाइमा उनको शरीरमा सुधार आएपछि उनी पुनः घर फर्किएका थिए ।

घरमा फर्केको एक/दुई दिनमै अक्सिजनको लेभल कम भएर उनलाई पुनः अस्पताल लगिएको उनका छोरा यमन श्रेष्ठले बताए । यमनले उनलाई १९ गते पनि मेडिसिटी अस्पताल लगिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top