ताजा समाचार


जानकी मेडिकल कलेजद्वारा २ सय शय्याको निःशूल्क कोभिड अस्पताल सञ्चालित

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १८: ३२ मा प्रकाशित




–सुमित मिश्र, जनकपुरधाम । प्रदेश नम्बर २ मा कोरोना संक्रमितले उपचारबाट बञ्चित रहेको अवस्थामा धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजले दुईसय शय्याको निःशूल्क कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेश र स्थानीय सरकारले न्युनतम सहयोग समेत उपलब्ध गराउन नसकेपछि जानकी मेडिकल कलेजले सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै आफ्नै लगानीमा निःशूल्क कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको कलेजका प्रबन्ध निर्देशक श्रीप्रष्ट पाण्डेले जानकारी दिए ।

पाण्डेले भने,‘हामीसँग दुईसय शय्याको अस्पताल तयारी अवस्थामा छ । बुधबारबाट २० शय्याको अक्सिजन सहितको र ६ शय्याको भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौँ ।’

तत्काल अक्सिजन अभाव रहेको र आफुहरुसँग आइतबारसम्म अक्सिजन पाइपलाइन लगायतका थप उपकरण आइसकेपछि अझै वृहत रुपमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याउने छौं,उनले भने,‘हालसम्म प्रदेश र स्थानीय सरकारसँग केहि सहयोग पाएका छैनौं ।’

उनले आफूहरुले सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा उपचार गराउन आउने विरामीले अक्सिजन र औषधिको शूल्क मात्रै तिनुपर्ने बताए ।

सरकार मस्त निन्द्रामा

कोरोनाको दोस्रो भेरियन्ट प्रदेश नम्बर २ मा समेत तिव्र गतिमा फैलिरहेको अवस्थामा प्रदेश सरकार र स्थानीय सरकारहरु भने मस्त निन्द्रामा सुतेका छन् ।

यस प्रदेशमा भेन्टिलेटर, आईसीयू लगायतका उपकरणको अभावमा सर्वसाधारणले उपचार पाउन सकिरहेका छैनन् । हिजेमात्रै उपचार नपाएर धनुषाको बटेश्वर गाउँपालिकाका ४५ वर्षीय लोकबहादुर परियारको मृत्यु भएको थियो ।

कोभिड–१९ को नयाँ भेरियन्टसहित बढ्दो संक्रमण नियन्त्रण तथा उपचारकालागि भेन्टिलेटर, अक्सिजन, आइसोलेसन, क्वारेन्टिन व्यवस्थापन गर्नुको साटो प्रदेश २ सरकार संगीतका साधन बाड्न ब्यस्त छ ।

कोरोना संक्रमितभई उपचार अभावमा एकपछि अर्काेले ज्यान गुमाइ रहेपनि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश २ का आठै जिल्लामा ४० लाख रुपैयाँको हार्मोनियम, मादल, ढोलक, झ्याली बाँडिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top