ताजा समाचार


चितवनमा १८ घण्टाको अन्तरालमा ८ संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १७: ३४ मा प्रकाशित




रुपन्देही । चितवनका दुई अस्पतालमा १८ घण्टाको अन्तरालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा ४ र भरतपुर अस्पतालमा ४ जनाको मृत्यु भएको छ । मंगलबार मध्याह्न ३ः३० देखि बुधबार बिहानसम्ममा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्ये ५ जना ४० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।

चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मृत्यु भएकाहरुमा कोभिड बाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिए ।

यस्तै, भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर–४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मंगलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र आज बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top