ताजा समाचार


भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १७: २७ मा प्रकाशित




एजेन्सी । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । यसअघि मंगलबार पनि पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको थियो ।

पेट्रोलमा बुधबार प्रतिलिटर १९ पैसा र डिजेलमा २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य ८१.१२ रहेको छ ।

भारतीय तेल कम्पनीहरुले मंगलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मंगलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top