काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन् ।
यसअघि मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ७ वटा अध्यादेश जारी गरेकी थिइन् । मंगलबार उनले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।
त्यस्तै सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।
आफैँले संसद्को बजेट अधिवेशन डाकेको पाँच दिनअघि अध्यादेश जारी गरेको भन्दै उनको चर्को आलोचना भएको छ ।
प्रतिक्रिया