ताजा समाचार


मालीमा २५ वर्षीया एक महिलाले जन्माइन् ९ बच्चा, सबै स्वस्थ्य

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १७: १५ मा प्रकाशित




एजेन्सी । अफ्रिकी देश मालीमा एक महिलाले ९ जना बच्चालाई जन्म दिएकी छन् ।

सुत्केरी व्याथाले च्यापेपछि अस्पताल भर्ना भएकी २५ वर्षीया महिलाले एकैपटक ९ जना बच्चा जन्माएको मालीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालिमा सिसे नामकी उक्त महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मंगलबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएकी छन् ।

उनका अनुसार सिसेको मंगलबार अप्रेशन गरिएको थियो । मोरोक्कोको एक अस्पतालमा ती महिलाले बच्चा जन्माएको बताइएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ । तर उनीहरू केही सातापछि मात्रै घर फर्किन सक्नेछन् ।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो । डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए ।

डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top